लिदी पहिरोमा मृत्यु भएका परिवारलाई एक – एक लाख
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोको कारण मृत्यु भएकाहरुलाई एक लाख प्रदान गरिएको छ ।
जुगल गाउँपालिकाल मृतक परिवारलाई सो रकम हस्तान्तरण गरेको जुगल गाउँपालिकाल अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
क्रियाखर्च वापत प्रति मृतक रू. २५ हजार र वेपत्ताहरूका परिवारलाई राहत स्वरूप प्रति व्यक्ती रू २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णय बमोजिम नगद रकम पूर्व संसद सुभाष कर्माचार्यले हस्तान्तरण गर्नुृभएको हो ।
रकम हस्तान्तरणमा पुर्ब पूर्ब संसद सुभाष कर्माचार्य , जुगल गाउँपालिकाका टिम, इन्द्रेणी परीवारको टीम हिडेर लिदि पुगेको थियो ।
पहिरो प्रभावितहरुले प्रति परिवार १ लाख २५ हजार देखि २ लाख ५० हजार सम्म बुझ्ेको जुगल गाउँपालिकाल अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्