तपाईँ सुन्दै हुनुहुन्छः

राखेपका नवनियुक्त बोर्ड सदस्यहरुबाट पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रिय खेलकुद परिषदमा सोमबार बोर्डका ६ सदस्यले शपथ लिएका हुन् ।

युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्माले बोर्ड सदस्य हरुलाई शपथ खुवाउनु भएको हो । शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् ।

मन्त्रिपरिषदबाट मनोनय भएको लामो समयपछि बोर्ड सदस्यहरुले शपथ लिएका हुन् । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले गत साउन १५ गते उनीहरुलाई राखेपको बोर्ड सदस्यमा मनोनयन गर्ने निर्णय गर्नुभएको थियो ।

शपथ कार्यक्रममा मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाडै पूर्णता पाउने बताउनुभयो । बाँकी सदस्य मनोनयनका लागि गृहकार्य भईरहेको समेत जानकारी गराउनुभयो ।

नयाँ खेलकुद विकास ऐनले ३७ जनाको परिषद् बोर्डको परिकल्पना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button