सर्लाहीमा थप २३ संक्रमित निको भई डिस्चार्ज
सर्लाही । सर्लाहीमा आज एकै दिन २३ जना व्यक्तिहरु कोरोना जितेर घर फर्किएका छन् भने २ नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।
सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ९ सय ६४ पुगेको छ भने कोरोना जितेर घर फकर्नेको संख्या ७ सय ४० पुगेको छ ।
जिल्लाको विभिन्न आइसोलेसन कक्ष बाट ७ सय ४० जना कोरोना संक्रमितहरु कोरोनालाई पराजित गरी घर फर्किसकेका छन भने १ सय ९५ जना संक्रमित आइसोलेसन कक्षमा रहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसैगरी २९ जना कोरोना संक्रमितहरु जिल्ला बाहिरको कोरोना अस्पतालमा उपचार गराइरहेका छन् । १ सय ९५ संक्रमित मध्ये ४७ जना महिला रहेका छन ।








प्रतिक्रिया राख्नुहोस्