कोरोनासम्बन्धी सचेतना फैलाउँदै मोरङ रतुवामाईका युवा

मोरङको । मोरङको रतुवामाई नगरपालिका ५ र ८ स्थानीय युवा समूहले कोरोना भाइरस सम्बन्धी सचेतना अभियान सञ्चालन गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले युवालाई आफ्नो परिवार तथा समुदायमा कोरोना भाइरस सम्बन्धी सचेतना फैलाएर भाइरसविरुद्धको लडाइमा सरकारलाई सहयोग गर्न आह्वन गरेको सन्दर्भमा युवा समूहले सचेतना अभियान सञ्चालन गरेका हुन् ।

सिङ्गो देश कोरोना भाइरससँग जुधिरहेको अवस्थामा स्थानीय बासीलाई कोरोना भाइरस र यसबाट जोगिने उपायबारे बुझाउने अभिभारा हरेक समुदायका युवाको काँधमा आएकोले सचेतना अभियान सञ्चालन गरिएको अभियानका सदस्य हरि ढुङ्गानाले बताउनुभयो ।
सो अभियानमा रतुवामाई ५ र ८ स्थित उल्लुघुटु, मिल डाँडा, सञ्जीवनी र कोइली डाँगीका एक सय ५० घरमा छ सय मास्क वितरण समेत गरिएको ढुङ्गानाले बताउनुभयो । कोरोना भाइरसबाट बच्ने उपायसम्बन्धीका पर्चा, तथा पम्प्लेट पनि घर—घरमा वितरण गरिएको पनि उहाँले बताउनुभयो ।
युवा समूहले स्थानीयलाई मास्क वितरण गर्दै सही प्रयोग गर्ने तरिका तथा बजार तथा चोकमा जाँदा भौतिक दूरी कायम गर्ने बारे सचेत गराएका छन् ।









प्रतिक्रिया राख्नुहोस्