तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परेका २२ जनाको शव फेला

सिन्धुपाल्चोक – शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परेका २२ जनाको शव फेला परेको छ ।

आज बिहान थप ३ जनाको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

आज वर्ष २२का छबिलाल दोङ, वर्ष६ का सुमन दोङ र वर्ष १०का सुरज दोङ को शव फेला परेको काफ्लेले जानकारी दिनुभयो ।३९ बेपत्ता मध्य २२ जनाको शव फेला परेको र पहिरामा पुरिएकाको अन्यको सेना ,प्रहरी र स्थानियले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button