बर्दियामा तेस्रो पटक थप ५ दिन निषेधाज्ञा जारी

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले साउन २५ गते आइतबार देखि साउन २( गते विहिबार सम्मको ५ दिन जारी निषेधाज्ञामा ३ दिन थप गरी ३२ गते सम्म जारी गरेको निषेधाज्ञा फेरी तेस्रो पटक भदौ ५ गते सम्मका लागी निषेधाज्ञा जारी गरेको जनाएको छ ।
३२ गते सम्म २ सय (६ जना पोजेटिभ देखीएसंगै कोरोना संक्रमण समुदायस्तमै थप संक्रमण फैलिदैँ जान सक्ने खतराभन्दै नियन्त्रण गर्नका लागि बर्दियामा साउन ३२ गते सम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरिएको थियो ।
जिल्लाको सबै पालीकामा संक्रमण फैलिएको हुदा ३२ गते बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले थप ५ दिन भदौ ५ गते मध्यरात सम्मका लगी निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।
निषेधाज्ञाको उलंघन तथा अवज्ञागर्ने ब्यक्तिलाइ कानुन बमोजिम कारवाही समेत हुने अधिकारीले बताउनुभयो ।
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई बर्दिया प्रशासनले अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्