बाँकेमा थप ११ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप ११ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । लायन्स डेण्टल अस्पताल खजुरारोडबाट ५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट ३ र नेपालगन्ज आदर्शनगर आइसोलेसनबाट ३ जना कोरोना मुक्त भई डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना निको हुनेको संख्या ४ सय ५५ पुगेको छ । अब आइसोलेसनमा बाँकेका २ सय ७२ र अन्य जिल्लाका ७ गरी २ सय ७९ जना छन् ।








प्रतिक्रिया राख्नुहोस्