तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञालाई थप कडा बनाउन वीरगंजमा सेना परिचालन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सुचना जारी गर्दै वीरगंजमा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपछि जिल्ला सुरक्षा समिति पर्साले घोषित निषेधाज्ञालाई थप कडाई बनाउन आजबाट सेना परिचालन गरिएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिको सम्पन्न बैठकले कोभिड–१९ को रोकथाम नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रमण रोग ऐन २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पर्सा तथा वीरगंजमा अर्काे आदेश नभए सम्मको लागी जारी निषेधाज्ञामा थप कडाईका साथ लागु गर्न श्राबण ३२ गते देखी भाद्र १३ गते सम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालन गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

उहाले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको बताउदै सुरक्षा निकायको ‘नियन्त्रणात्मक समन्वयमा अझै थप १५ दिन निषेधाज्ञामा कडाइ गर्न सकिएमा पर्सा जिल्लामा कोभिड–१९ लाई परास्त पार्ने निष्कर्षका साथ सेनाले गस्ति सुरु गरेको जानकारी दिनुभयो ।

वीरगंजमा कोरोना संक्रमण र मृत्युदर बढिरहेको बेला समेत मास्क नलगाई हिड्डुल गर्ने, अनावस्यक रुपमा सवारीसाधन चलाउने, पसल खोल्ने प्रबृति हाबी भएपछि सेना परिचालन पछि यस्ता गतिबिधी बन्द हुने अपेक्षा गरिएको छ ।

सेना परिचालन भएसँगै आज दिउसोबाट अनावश्यक काममा हिडडुल गर्नेहरु घरबाट निस्किन छाडेका छन् । वीरगंजको मेनरोड सँगै १ नंम्बर २ नम्बर रोड, रेल्वे सडक खण्ड, बाईपास, लिंकरोड, रानिघाट, श्रीपुर, लगायत वीरगंजका भित्री सडक र गल्लीहरुमा समेत सेनाको गस्ती संगै भ्यान र सैनिक ट्रक परिचालन गरेपछि अनावस्यक रुपमा घर बाहिर निस्कने व्यक्तिहरु सडकमा देखिन छाडेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button