तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा आज १०३ जनामा कोरोना संक्रमण पुष्टि


सुनसरी । प्रदेश १ मा आज १०३ जनामा कोरोना संक्रमित थपिएका छन । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरंग जिल्लामा ९२ जना खोटाङमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरि, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुषमा संक्रमण पुष्टि भएकोे सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button