तपाईँ सुन्दै हुनुहुन्छः

मृतकको सम्पर्कमा रहेका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

जनकपुरधाम । कोरोना सङ्क्रमणका कारणले साउन २५ गते मृत्यु भएका धनुषाको मिथिला विहारी नगरपालिका वडा नंं ५ ललियाका विन्देश्वर मण्डलका सम्पर्कमा रहेका ११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

कोरोना परीक्षणको रिपोर्ट नआउदै शवलाई अन्तिम संस्कारका लागि दिइएको र मृतकको अन्तिम संस्कारका क्रममा सम्पर्कमा रहेकाहरूको पिसिआर परीक्षण गर्दा त्यस मध्ये ११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

साउन २५ गते बिहान मृत्यु भएका मण्डलको शवबाट पिसिआर परीक्षणका लागि स्वाब तथा रगत लिएर जनकपुरधामकै स्वर्ग द्वार स्मशान घाटमा अन्तिम संस्कार गर्ने काम भएको थियो ।

मृतकको श्रीमती, दुई छोरासहित सम्पर्कमा आएका ११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको क्वारेनटाइनको संयोजन गर्दै आएका बलराम मण्डलले जानकारी दिनु भएको छ ।

मृतकलाई कोरोना पुष्टि भएपछि मृतकको सम्पर्कमा रहेका सबै जनालाई होम क्वारेनटाइनमा नै राखिएको थियो ।

यसै बिच मिथिला विहारी नगरपालिकाका प्रमुख अनिल यादवले अव ११ जनाको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक टे«सिङ्ग गरिने र पोजेटिभ आएकाहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button