कपिलवस्तुमा भदौ ७ गतेसम्म लकडाउन थपियो
कपिलवस्तु । कपिलवस्तुमा भदौ ७ गतेसम्म नै लकडाउन थपिएको छ । गत साउन २७ गते जिल्लामा जारी गरिएको लकडाउनको समयावधि आइतबार ९आज० राति १२ बजे सकिन लागेको बेला दिउँसो नै लकडाउनको अवधि थपिएको हो ।
जिल्ला प्रशासनमा बसेको कोभिड(१९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले कोरोनाको जोखिम जिल्लामा उच्च रहेको ठहर गर्दै भदौ १ गते देखि ७ गतेसम्म नै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३०, र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।
जिल्लाभित्र समुदायतहमा पनि कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि गत चैत्र ११ गतेकै लकडाउन कपिलवस्तुमा जारी गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्