तपाईँ सुन्दै हुनुहुन्छः

बारामा आज ६५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या चार सय २५

बारा । बारामा आज ६५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सङ्क्रमितहरूमा जितपुरसिमरा उपमहानगरपालिकामा ३६ जना, महागढीमाई नगरपालिकामा १७ जना, करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरपालिकामा २ जना गरी ६५ जना नयाँ कोरोना भाईरस संक्रमण पुष्टि भएको बाराको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

सङ्क्रमित ६५ जना मध्ये १६ जना महिला र बाँकी ४९ जना पुरुष रहेका छन् । प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार ५ वर्ष देखि ८५ वर्ष उमेर समूहका मानिसहरू रहेका छन् ।

कलैयामा सङ्कलन गरिएको स्वाबको परीक्षण रिपोट आउन बाँकी रहेकाले बेलुकासम्म कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्नेतर्फ सङ्केत गरेका छन् । यो सँगै जिल्लामा कुल कोरोना भाईरस सङ्क्रमितको सङ्ख्या ४ सय २५ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button