तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ५६ पुग्यो

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आइतबार थप १६ जनामा कोरोना सङ्क्रमण सङ्क्रमित भएको छ । योसँगै बुटवलमा कुल सङ्क्रमितको सङ्ख्या ५६ पुगेको छ ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार तीन जना नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अरू समुदाय स्तरका व्यक्ति हुन् ।

संक्रमण पुष्टि भएका दुई जना उपमहानगरपालिकाका शाखा प्रमुख हुन् ।

यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एक जना अधिकृतमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button