बाँकेको कोहलपुर ६ दिनका लागि ‘लकडाउन’
नेपालगन्ज । कोरोना संक्रमण बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा आजदेखि ६ दिनका लागि लकडाउन गरिएको छ ।
आजदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।
नगरपालिकाको कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय सङ्घसंस्था, होटल, रेष्टुरेन्ट, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार लगायत सबै आजदेखि भदौ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्