भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टसिहित तीन चिकित्सक र एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

चितवन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अस्पतालका मेसु डा.तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए
आज विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए । शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ
अस्पतालका अध्यक्ष डा.अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए । अस्पतालका मेसु डा.तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा रहेका छन् । डा.तिवारी कोरोना संक्रमितका बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिदै आइरहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्