तपाईँ सुन्दै हुनुहुन्छः

जि.स.स प्रमुख र वडाअध्यक्षमा कोरोना संक्रमण

बागलुङ । बागलुङमा शनिबार दुईजना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणको क्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना र बडिगाड गाउँपालिका ६ का वडा अध्यक्ष मौसम काजी क्षत्रीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन १४ गतेदेखि जिल्ला बाहिरका बैठकमा सामेल भएकाले कन्ट्याक्ट ट्रेसिङमा स्वाब दिइएको र रिपोर्ट पोजेटिभ आएको जिसस प्रमुख ढुंगानाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष क्षेत्री भने बडिगाड गाउँपालिकाको क्वारेन्टाईन व्यवस्थापनमा खटिनुभएकोले संक्रमित भएको हुन सक्ने बडिगाड गाउँपालिकाका स्वास्थ्य सह–संयोजक चुडामणी कँडेलले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि भएका जिसस प्रमुख र वडा अध्यक्ष सेल्फ क्वारेन्टाइनमा बसिरहेकाले सोही स्थानमा राख्ने या आइसोलेसनमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौंले बताउनुभयो ।

बागलुङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ६५ पुगेको छ । अहिले सम्म दुई सय ४५ निको भएर घर फर्केका छन् । एक युवाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button