तपाईँ सुन्दै हुनुहुन्छः

लिदी पहिरोमा मृत्यु हुनेको संख्या १६ पुग्यो

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ बेपत्ता छन् । लिदी पहिरोमा ३८ हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललले जानकारी दिनुभयो ।

नेपाली सेना, प्रहरी र स्थानीयले पहिरो हटाएर शव निकालेका हुन् ।

पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीका माया दोङ, छिरिङ दोङ, जिताई झाँक्री, मिलन दोङ, सानू दोङ, जय बहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धन माया दोङ, माईला पाराङ दोङ, मेकमाँया दोङ, च्यामा दोङ, बिमला दोङ र कविर दोङ रहेका छन् ।

घाइतेहरू रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरीङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँको सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button