सिन्धुपाल्चोकको जुगलमा पहिरो : पहिरोमा पुरिएका ३८ मध्ये चार जनाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ः०० बजे गएको पहिरोमा पुरिएका ३८ मध्ये चार जनाको शव फेला परेको छ ।
शव निकाल्ने क्रम जारी जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार शबको पहिचान भएको छैन । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते छन् । घाइते मध्ये चार जनाको चौतारा र गम्भीर घाइते एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् । पहिरोले पुरिएकाहरूको खोजी सुरु भएको छ ।
घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्