तपाईँ सुन्दै हुनुहुन्छः

नवदुर्गा गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणाको तयारी

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका पूर्णरूपमा मदिरा निषेधित क्षेत्र घोषणा गर्ने तयारीमा जुटेका छन । जिल्लाको नवदुर्गा गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने तयारी अनुरुप वडापालिकाहरुमा घोषणसभा गरिदैछ ।

गाउँपालिकामा मदिराकै कारण हिंसाका घटना बढेको जनगुनासो बढेपछि मदिरा निषेधित क्षेत्र घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष कविन्द्र बिष्टले बताउनुभयो । ‘गाउँ समाजमा मदिराकै कारण हिंसाका घटना बढे, वडाले पनि पालिकालाई बन्द गर्न सिफारिस गरेका छन्, बन्द गर्ने तयारीमा छौँ । संम्भव भएसम्म यसैसाता घोषणा हुने तयारीमा जुटेका छौं । ५ वटै वडाले बन्द गर्ने सर्वपक्षिय निर्णय गरेर पालिकालाई सिफारिस गरेपछि पालिकास्तरीय सर्वपक्षीय छलफल गर्न आयोजित कार्यक्रममा जनप्रतिनिधिले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका ३ वटा प्रहरी पोष्ट स्थापना भएकाले मदिरामुक्त बनाउने साहस बढेको अध्यक्ष बिष्टको भनाई छ ।

अहिले हाम्रो गाउँपालिका २ अस्थायी र १ स्थायी प्रहरी पोष्ट स्थापना भएको छ । त्यसले पनि हामीलाई सहज भएको छ ।

गाउँ कार्यपालिकाको बैंठबाट पास गराएर गाउँमा मदिरा उत्पादन, बिक्री र सेवन सबैमा प्रतिबन्ध लगाउने अध्यक्ष बिष्टको भनाइ छ । ‘उत्पादक र व्यापारीहरूलाई केही समय दिन्छौं, त्यसपछि पालिकामा मदिरा उत्पादन, किनबेच र सेवनमा समेत प्रतिबन्ध लगाउँछौं अध्यक्ष बिष्टको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button