बारामा ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आज एक जना ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
उपमहानगरपालिका वडा नं.४ ढोडाई टोल बस्ने शेख समिमुल हक (नन्का)को नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष भोज बहादुर खत्री (ईश्वर) ले जानकारी दिनुभयो ।
नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएका समिमुलको पछि चेक जाँच क्रममा कोरोना पोजेटिभ देखिएको थियो । मृतक लामो समय देखि मुटु र सुगर रोगबाट ग्रसित हुनुहुन्थ्यो । वडा अध्यक्ष खत्रीले मृतकका परिवार सदस्यहरूमा कुनै किसिमको कोरोनाको लक्षणहरू नदेखिएको जानकारी दिनुभयो ।
उनलाई हिजो नै श्वासप्रश्वासमा समस्या भएपछि नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गरिएको परिवार स्रोतले जनाएको छ । मृतकको टोल सिल गरी मानिसहरूलाई आवतजावतमा रोक लगाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्