धनकुटा नगरपालिकाका विभिन्न वडाहरूमा निषेधित क्षेत्र घोषणा
धनकुटा । देशमा कोरोना सङ्क्रमित सङ्ख्याको वृद्धि हुन थालेपछि धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा धेरै चहलपहल हुने बजार क्षेत्रलाई मध्यनजर गरी नगरको विभिन्न वडाहरूमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले आज राती १२ः०० बजेदेखि लागु हुने गरी सङ्क्रामक रोग ऐन– २०२० अनुसार कोरोना सङ्क्रमणको जोखिमलाई कम गर्न भन्दै नगरको १, ३, ४, ५, ६ र ७ नम्बर वडामा लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्