तपाईँ सुन्दै हुनुहुन्छः

युवा दिवसमा तरुण दलको सहयोग वृद्ध वृद्धालाई

काठमाडौं । नेपाल दरुण दलले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा असायहरुका लागि फलफूल तथा स्वास्थय सामाग्री वितरण गरेको छ ।
नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा तरुण दल केन्द्रिय समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठि (आमा घर) कालिमाटी रवि भवनमा फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रमका लागि आवश्यक सहयोग नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका आजिवन सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापा लगायतले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button