एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाईते

तुलसीपुर- शव लिएर आउँदै गरेको एम्बुलेन्स तुलसीपुर अमिलिया सडक खण्डको अम्राई खोलामा दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिनुभयो ।
गम्भिर घाइते चालक दंगीशरण गाउँपालिका–२ निबासी ३४ बर्षका मिठु चौधरी, तुलसीपुर–१८ निबासी ४४ बर्षकी पुष्पा पुनमगर र सामान्य घाइते उनकी २१ बर्षकी छोरी रोजिना बोहोरालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । नेपालगन्जबाट शव लिएर बिजौरीका लागि छुटेको रा१च ३४८ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भएर पल्टिदा बाटोदेखि एक सय मिटर तल खसेको प्रवक्ता डम्बरपालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्