तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

बर्दिवास । महोत्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ बस्ने एक ४५ वर्षीय पुरुषको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोरोना फोकल पर्सन गिरेन्द्र झाले बताउनुभयो । मृतक पुरुष मधुमेह र फोक्सोका रोगी रहेको उपचारको क्रममा आईतबार जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो ।

उपचारकै क्रममा उनको स्वाब लिइ परीक्षणको लागि प्रयोगशालामा पठाएकोमा मङ्गलबार उनीसहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

यता, मृतकको सोमबार नै दाहसंस्कार गरिएको र दाहसंस्कारमा गएका करिब ५० जनाभन्दा बढी व्यक्तिहरुलाई होम क्बारेन्टिनमा बस्न मटिहानी नगरपालिकाले आग्रह गरेको छ ।

मटिहानीको बजार क्षेत्र र वडा नं. ६ मा पुर्ण रुपेण सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । यससंगै महोत्तरीमा मृतकको संख्या २ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button