विवाह गर्छु भनी करणी गर्ने एक पक्राउ

सल्यान । विवाह गर्छु भनि प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको शारदा नगरपालिका वडा न ६बरलाका २७ वर्षीय प्रकाश परियारलाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार प्रहरीले प्रक्राउ गरेको हो ।
सल्यान कालिमाटी गाउँपालिका ३ स्थायी घर भई शारदा नगरपालिका ६ मा बस्दै आइरहेकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
२५ गते राती बरलाको दौरेडाँडा भन्ने ठाउँमा विवाह गर्छु भनि प्रलोभनमा पारी जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले बताउनुभयो । पक्राउ परेका परियारलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्