तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट कपिलवस्तुमा दुई र सप्तरीमा एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरस (कोभिड १९) का कारण दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि बुटवलस्थित धागो कारखानामा उपचाररत दुई जनाको ज्यान गएको हो ।

मृतकको वितृत विवरण सबै आइनसके पनि मृतक कृष्णनगर नगरपालिका र सदरमुकाम तौलिहवाका रहेको बुझिएको छ ।

केही दिनदेखि वुटवलमा उपचाररत दुवै जनाको एकै दिन ज्यान गएको हो । जिल्लामा कोरोनाबाट मृत्यु हुने यी दुई व्यक्ति पहिला हुन् ।

पछिल्लो समय जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको छ । कोरोना फैलिएसंगै यसको थप जोखिमबाट बच्नका लागि जिल्लामा मंगलबारदेखि लकडाउन जारी गरिएको छ ।

यसैगरी, कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवका अनुसार कोरोनाबाट मंगलवार राति थप एक जनाको मृत्यु भएको हो ।

डाकनेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७९ वर्षीय पुरुषको मृत्यु भएको प्रमुख यादवले जानकारी दिनुभयो ।

चारदिन अघि ज्वरो आएपछि उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिर्पोट मंगलवार साँझ पोजेटिभ आएसँगै उनलाई आइसोलेसन ल्याउने क्रममा मृत्यु स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक पहिला देखिनै विरामी हुँदै आएको परिवारजनले बताएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button