तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मेडिकल कलेजमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण, वार्ड शिल

जनकपुरधाम । जनकपुरधामको उत्तिमपुरमा रहेको जानकी मेडिकल शिक्षण अस्पताल अन्तर्गको सिटी अस्पतालको आइसियुमा भर्ना भएका एकजना बिरामीको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि अस्पतालको सेवा प्रभावित बनेको छ ।

ग्याँस र उच्च रक्तचापको समस्या देखिएपछि एम्बुलेसमा राखेर काठमाडौँ लैजाँदै गर्दा मिथिला नगरपालिका वडा नंं ८ बस्ने ती पुरुष बर्दिबासमा पुगेपछि मूर्छित बनेपछि पुनः जनकपुरधाम नै फर्काएर जानकी मेडिकल कलेजको सिटी अस्पतालको आई सि युमा भर्ना गरेर उपचार गरेपनि उपचारका लागि काठमाडौँ लैजान चिकित्सकले सुझाव दिएका थिए ।

हेलिकोप्टरबाट उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने परिवारले योजना बनाएकोमा हेलिकप्टर सञ्चालक कम्पनीले पि सि आर रिपोर्ट अनिवार्य चाहेपछि प्रादेशिक जनस्वास्थय प्रयोगशाला जनकपुरधाममा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टि भएको थिए ।

रिपोर्टको विषयमा सिटि अस्पताललाई जानकारी गराएपछि चिकित्सकले उपचार नगरेपछि आफन्त जनले विरोध गर्दा केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिनका लागि उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

अस्पताल प्रशासन, प्रहरी तथा आफन्तका बीचमा केही वेर अघि सहमति भएपछि विरामीको उपचारका लागि प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा राखेर उपचार गर्ने सहमति भएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनु भयो ।

उता जानकी मेडिकल कलेजको सि टि अस्पतालको आई सी यु वार्ड सिल गर्ने र त्यसमा भएका अन्य विरामीहरुको पनि पि सि आर गर्ने भएको छ । यसै गरि उपचारमा संलग्न रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि पि सि आर परीक्षण गरिने भएको छ ।

उता अन्य वार्डहरुले प्रदान गर्दै आएको सेवा निरन्तर रुपमा जारी राख्ने जानकी मेडिकल कलेज शिक्षण अस्प्तालले जनाएको छ । साथै आई सी यु वार्डलाई निर्मलीकरण गरेर पुनः सञ्चालन गरिने भएको मेडिकल कलेजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button