तपाईँ सुन्दै हुनुहुन्छः

गाँउपालिका कर्मचारी सहित दुई जनामा कोरोना पोजेटिभ


दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिकामा दुई जना पुरुषलाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । साउन २५ गते सात जनाको स्वाब सङ्कलन गरी धुलिखेल अस्पताल पठाईएकोमा मंगलवार दुई जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो ।

कोरोना पोजेटिभ देखिएकामा एक साता अघि मलेसियाबाट आएर गौरीशङ्कर गाँउपालिका्स्थित हलेश्वर माविको क्वारेन्टिनमा रहेका एक जना र गाँउपालिकाको कर्मचारी एक जना रहेको गाँउपालिका प्रमुख स्वयमबहादुर खड्काले बताउनु भयो ।

कोरोना पोजेटिभ देखिएका दुई जनाको क्लोज कन्ट्रयाकमा रहेकाहरुलाई सर्तक रहन भनिएको र बुधवार क्लोज कन्ट्रयाकमा रहेकाहरुको स्वाव परिक्षणको लागि जिल्लाबाट टोली पठाउन लागिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button