तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा पत्रकार चौधरीमाथी आक्रमण

कैलाली । कान्तिपुर दैनिकका कैलाली सम्वाददाता गणेश चौधरीमाथि आक्रमण भएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरबाट वडा नम्बर ३ सोवर्णपुर घर फर्किने क्रममा चौधरीमाथि गएराती आक्रमण भएको हो । घर फर्किने क्रममा आफूमाथि एक्कासी आक्रमण भएपछि भागेर स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगाएको उहाँले बताउनुभयो ।

उहाँसँगै रहेका भोजराज चौधरीको टाउकोमा चोट लागेको छ भने चौधरीको अनुहारमा चोट लागेको छ । आफूमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई चिनेकाले उनीहरु विरुद्ध किटानी जाहेरी दिइरहेको चौधरीले बताउनुभयो ।

पत्रकार चौधरीमाथि आक्रमण भएको घटनाको छानविन गरी दोषीमाथि कारवाहीको माग गरिएको छ । नेपाल पत्रकार महासंघ कैलाली शाखाले विज्ञप्ती जारी गर्दैै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

यस्तै नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कैलालीले पनि घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button