तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमित बढेसँगै सुनसरीमा आइसोलेसन बेड थपिदै

सुनसरी । सुनसरीमा कोरोना संक्रमितको संख्या बढेसंगै १ सय ५० बेडको आइसोलेसन सेवा सुरु हुने भएको छ ।

जिल्लामा हाल धरानको बिपि कोइराला स्वास्थय बिज्ञान प्रतिठानमा रहेको कोभिड अस्पतालमा सय बेडको आइसोलेसन छ । सुनसरीको भुटाहामा समेत पचास बेडको आइसोलेसन बेड आजै देखि थप गरीएको छ । यो संगै जिल्ल्लामा अहिले १ सय ५० बेडको आइसोलेसन सेवाउ उपलब्ध भएको छ ।

चतरामा रहेको होल्डिङ्ग सेन्टरलाइ समेत चाडै १०० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको छ ।

धरानको आइसोलेसनमा बेड खालि नहुदा संक्रमितहरुलाइ अन्यत्र पठाउन समेत गाह्रो भएकाले जिल्लामै थप सुबिधा प्रदान गर्न लागिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

सुनसरीमा अहिले कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ । पछिल्लो पटक दुहबि नगरपालिकामा ७ जनामा कोरोना संक्रमण देखिए संगै यो संख्या २ सय २३ पुगेको स्वास्थ्य कार्यलय सुनसरीले जनाएको छ । जसमध्ये १ सय १८ जना निको भएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button