तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा ४८ घरधुरीलाई लालपुर्जा वितरण

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका ४८ घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ ।

२०२६ सालभन्दा अगाडि बसिआएका र २०२७ सालको नापीमा गाउँब्लकभित्र रहेका बुटवल उपमहानगरपालिका वडा नं १५ को सेमलार का ४८ घरधुरीलाई लालपूर्जा वितरण गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

उपमहानगरभित्र बस्दै आएकालाई लालपुर्जा सरकारी मापदण्डअनुसार सबै वडाहरुमा वितरण गरिने उपप्रमुख गोमादेवी आचार्यले बताउनुभयो ।

५० वर्षसम्म खनजोत गर्दापनि लाजपुर्जा नपाएको तर अहिले पाउँदा धेरै खुसी लागेको स्थानीय दिवसमान सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button