बाँकेमा निषेधाज्ञा लम्बियो
नेपालगन्ज । बाँकेमा साउन १८ गतेदेखि जारी गरिएको निषेधाज्ञा आगामी शुक्रबारसम्म लम्ब्याइएको छ । निषेधाज्ञा आज सकिँदै थियो ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले शुक्रबार राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । नेपालगन्जको शिल एरिया भने भोलिदेखि हटाइने भएको छ ।
गत आइतबारदेखि तीन दिनका लागि नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेत रोड पूर्वको क्षेत्रलाई चार किल्ला कायम गरी शिल गरिएको थियो । जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले यो निर्णय गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्