पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सदस्यता नविकरण शुल्कमा छुट दिने
सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले सदस्यता नविकरणमा छुट गरेको छ । प्रत्येक बर्षमा एक हजार रुपैयाँमा सदस्यता नविकरण गर्दै आएकोमा यस बर्ष ७ सय ५० मा नविकरण गर्ने निर्णय गरेको हो ।
कोरोनाको कारणले सञ्चारकर्मी समेत प्रभावित भएको कारणले जिल्ला शाखाले सदस्यता नविकरण शुल्कमा छुट दिने निर्णय गरेको महासंघ अध्यक्ष महेशकुमार श्रेष्ठले बताउनुभयो । ‘हामीले यसअघि एक हजार रुपैयाँ लिने गरेका थियौँ । तर, कोरोनाको प्रभावको कारणले यसबर्ष २ सय ५० छुट दिने निर्णय गरेका हौँ’ उहाले भन्नेभयो ।
एक हजार मध्ये पाँच सय कल्याणकारी कोषमा जान्छ । २ सय ५० रुपैयाँ जिल्लामा रहन्छ । एक सय २५ प्रदेश र बाँकी एक सय २५ केन्द्रमा जाने व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्