तपाईँ सुन्दै हुनुहुन्छः

घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यू

डोटी-डोटीको आदर्श गाउँपालिका–१ मा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको छ । चारजना गम्भिर घाईते भएका छन् ।

आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राती करिब १ बजेतिर भत्किएको हो । घर भत्कदा घरमा सुतिरहेका लुहारकी श्रीमती २६ वर्षिया विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।

घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते भएको आदर्श गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिनुभयो ।

घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदै छ । घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button