तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामीबीचको भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना प्रकट गर्दछु ।’’ ‘‘द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ’’ राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button