पर्यटन प्रवर्द्धन गर्न शीतलपोखरीको संरक्षण
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको शीतलपोखरीलाई पर्यटन प्रबर्द्धन र प्रचार प्रसार गर्ने उदेश्यले संरक्षण गर्न लागिएको छ ।
वर्षौदेखि ओझेलमा पर्दै आएको शीतलपोखरी भित्र शिव मन्दिर लगायत विभिन्न भौतिक संरचना निर्माण गरेर संरक्षण गर्न लागिएको हो । रुकुम पश्चिमको पर्यटकीय स्थल शीतलपोखरी संरक्षणका लागि पोखरीभित्र शिवमन्दिर निर्माण गरिएको छ ।
मुसिकोट नगरपालिका वडानम्बर –४, मा रहेको पर्यटकीय स्थल शीतलपोखरीमा शिव मन्दिर निर्माण गरिएको हो । वर्षौंदेखि ओझेलमा परेको तर पर्यटनका रुपमा प्रचार–प्रसार हुन नसकेको शीतलपोखरीलाई स्थानीय सरकारले पर्यटन क्षेत्रको रुपमा विकास गर्न संरक्षणतर्फ लागेको बताएको छ ।
पर्यटनको राम्रो सम्भावना बोकेको शीतलपोखरी संरक्षण र पर्यटकिय गन्तव्यको रुपमा स्थापित गर्न पोखरी भित्र २० लाख लागतमा व्यवस्थित शिव मन्दिर निर्माण गरिएको मुसिकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निर्मलकुमार पुनले बताए ।
राप्ती लोकमार्ग तथा मध्यपहाडी लोकमार्गको काखैमा अवस्थित शीतलपोखरी संरक्षणमा स्थानीय सरकारले चासो देखाएकाले स्थानीयबासीलाई समेत खुशी बनाएको छ ।
ओझेलमा परेको पोखरीमै शिब मन्दिर सहित केही भौतिक संरचना निर्माण गरिएकाले अब यहाँको पर्यटन विकासका लागि तीनै तहको सरकारको सहयोग हुनुपर्ने स्थानीय घमण्ड पुनको भनाई छ ।
मुसिकोट नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा नगरपालिका भित्रका विभिन्न ऐतिहासिका महत्व बोकेका पर्यटकीय क्षेत्रको पर्यटन प्रबर्द्धनको विकास गर्ने लक्ष्य राखेको छ । जसका लागि यहाँको शीतलपोखरीलाई पनि पर्यटन व्यवसायको विकास र विस्तार गरिने नगरपालिकाको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्