बुटवलमा निजी ल्याबले सुरु गर्यो कोरोना परीक्षण
रुपन्देही । बुटवलमा कोरोना भाइरस (कोभिड–१९)को पिसिआर परीक्षण निजी ल्याबबाट सुरु भएको छ । नेशनल प्याथ ल्याबले औपचारिक रूपमा परीक्षण सुरु गरेको सञ्चालक शरद भुसालले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सूचीकृत र जैविक सुरक्षायुक्त ल्याब तयार गर्न एक करोड २५ लाख खर्च भएको भुसालले बताउनुभयो ।
कोभिडको स्वाब परीक्षण प्रति व्यक्ति पाँच हजार पाँच सय रुपैयाँ तोकिएको र दैनिक चार सय परीक्षण क्षमता रहेको भुसालको भनाइ छ ।
बुटवलमा यसअघि लुम्बिनी प्रादेशिक अस्पतालले परीक्षणको सुरुवात गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्