
काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । बिगतका वर्षको जस्तो साउनको अन्तिम सोमबार मन्दिरभित्र पसेर दर्शन गर्न नपाएपनि भक्तजनहरु बिहानैदेखि दर्शनका लागि मन्दिर पुगेका छन् ।
साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।
साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

लमजुङको बेँसीशहर नगरपालिका–८, करपुरेश्वर महादेव मन्दिरमा पूजा गदै भक्तजन । कोरोनाको त्रासका कारण साउनको अन्तिम सोमबार आज मन्दिरमा विगतका वर्षहरुमा झै बढी भीडभाड छैन । तस्बिरः जनक श्रेष्ठ/रासस

साउनको अन्तिम सोमबार लमजुङको बेँसीशहर नगरपालिका–८, करपुरेश्वर महादेव मन्दिर परिसरमा भक्तजनलाई टीका लगाइ दिँदै मन्दिरका पुजारी । तस्बिरः जनक श्रेष्ठ/रासस

तनहुँको व्यास नगरपालिका–५ पाटनमा रहेको शिव मन्दिरमा सोमबार पूजाअर्चना गर्दै भक्तजन । साउनको सोमबार यस मन्दिरमा विशेष पूजाअर्चना हुने गर्दछ । तस्वीर : कृष्ण न्यौपाने/रासस

हिन्दू धर्मावलम्बीहरु साउनको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा शिवको पूजा गर्दै । कोभिड–१९ को कारण मन्दिरका सबै ढोका बन्द छ । तस्बिर : रोशन सापकोटा/रासस

साउनको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा शिवजीको पूजा आराधना गर्दै भक्तजन । कोभिड–१९ को कारण मन्दिरको सबै ढोका बन्द छ । तस्बिर : रोशन सापकोटा/रासस

साउनको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा शिवजीको पूजा आराधना गर्दै भक्तजन । कोभिड–१९ को कारण यस वर्ष मन्दिरको सबै ढोका बन्द छ । तस्बिर : रोशन सापकोटा/रासस

हिन्दू धर्मावलम्बीहरु साउनको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा सेल्फी लिँदै । तस्बिर ः रोशन सापकोटा/रासस

साउनको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड–१९ को कारण यस वर्ष पशुपतिनाथको ढोका बन्द गरिएको छ । तस्बिर : रोशन सापकोटा/रासस

साउन महिनाको अन्तिम सोमबार धनगढीको उत्तरबेहडीस्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा रहेको १०८ फिट अग्लो शिवलिङ्गमा स्वस्तिक चिह्न कोर्दै स्थानीय वर्तालुु महिला । तस्वीरः तिलकराज ओझा/रासस
साउन महिनाको अन्तिम सोमबार धनगढीको उत्तरबेहडीस्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा पूजा गर्दै वर्तालु महिला । तस्वीरः तिलकराज ओझा/रासस
तस्वीरः रासस
प्रतिक्रिया राख्नुहोस्