भेरीमा गरिएको परिक्षणमा २० जनालाई कोरोना

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा आज बाँके, बर्दिया, दाङ, सल्यान र कैलालीमा २० जना कोरोना संक्रमित थपिएका छन् । बाँकेमा दुई जना चिकित्सकसहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कैलालीका २, बर्दिया, दाङ र सल्यानका १र१ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ४० स्वाब परिक्षण गर्दा २० जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्