तपाईँ सुन्दै हुनुहुन्छः

४१ हजार राजश्व संकलन

बैतडी । बैतडीमा एक महिनाको अवधिमा मास्क नलगाई हिडडुँल गर्ने व्यक्तिको जरिवानाबाट ४१ हजार राजश्व संकलन भएको छ ।

गतको असार २३ गतेदेखि हालसम्म चार सय १० जनालाई जरिवाना गरिएको हो ।

मास्क नलगाई सार्वजनिकस्थलमा हिड्हुल गर्ने तथा मास्क लगाउन अटेरी गर्ने ब्यक्तिलाई एक सय रुपँैयाका दरले जरिवाना गर्ने गरिएको डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पटक पटक मास्क नलगाई बजारमा आउने व्यक्तिलाई एक सय रुपया जरिवाना तिराउने गरेको उहाँले बताउनुभयो । मास्क लगाएको नलगाएको बिषयमा दैनिक अनुगमन समेत भइहेको उहाँले बताउनुभयो ।

यसका साथै हालसम्म सात सय जनालाई निःशुल्क रुपमा मास्क बितरण गरिएको छ ।

सार्वजनिक स्थलमा मास्क बिना निस्केका व्यक्तिहरु मध्ये कोहीलाई मास्कबारे थाहा नभएको समेत पाइएकाले मास्क बितरण गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

सरकारले लकडाउन खोलेसँगै बजारमा भिडभाड बढेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर बजार क्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कताबारे जनचेतना फैलाउने काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button