तपाईँ सुन्दै हुनुहुन्छः

एक सातापछि विर्तामोडको लकडाउन हट्यो, आजदेखि बजार खुले

झापा-झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरक्षेत्रमा जारी लकडाउन हटाइएको छ । आइतबार रातिदेखि लकडाउन खुला गर्ने निर्णय भएसँगै आज सोमबार विहानैदेखि बजारमा चहलपहल देखिएको छ ।

समुदायमा कोरोना भाइरसको संक्रमण बढेको आशंका गर्दै बिर्तामोड नगरपालिकाले साउन १८ गतेदेखि लकडाउन गरेको थियो ।समुदायका एक हजार नागरिकको स्वाब परीक्षण गरेर मात्रै बिर्तामोड नगरपालिकाले बन्दाबन्दी खोल्ने निर्णय गरेको भए पनि सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य–सुरक्षा सतर्कतासहित लकडाउन खोल्ने निर्णय गरिएको उपप्रमुख पवित्रा महतारा प्रसाईंले बताउनु भयो ।

विर्तामोडकी एक महिला प्रहरीमा कोरोना पुष्टि भएपछि समुदायमा संक्रमण फैनि नदिन नगरपालिकाले लकडाउन गरेको थियो । यसबीचमा समुदायका एक हजारजनाको पीसीआर परीक्ष्ण गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button