प्राधिकरणद्वारा स्मार्ट मिटर जडान शुरु
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान कार्य आज शुरु गरेको छ ।
आज ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा स्मार्ट मिटर जडान कार्यको थालनी गर्नुभयो ।
मन्त्री पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको थालनी गर्नु भएको हो ।
सो अवसरमा मन्त्री पुनले संघीय राजधानी लगायत मुलुकका मुख्यमुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने बताउनु भयो ।
सहरी सौन्दर्य बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउने काम स्वरुप स्मार्ट मिटर जडान गरिएको बताउनु भयो ।
स्मार्ट मिटरको जडानले विद्युत प्रािधकरणको खर्चमा कमि आउने नेपाल विद्युत प्रािधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्