तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एकै दिन ३० जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि

नेपालगन्ज  । बाँकेमा आज ३० जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा वडा प्रहरी कार्यालय नेपालगन्जका २९ जनासहित ३० जना प्रहरीलाई कोरोना पुष्टि भएको हो ।

ती मध्ये एक जना बागेश्वरी मन्दिरमा ड्युटी भएका प्रहरी हुन् । वडाका प्रहरी इन्चार्जलाई पनि कोरोना देखिएको छ ।

यसअघि वडा प्रहरी कार्यालयका छ जना प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा प्रहरी कार्यालय सिल गरिएको थियो ।

आज मात्रै ३० जना प्रहरीसहित बाँकेमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

भेरी अस्मापतालमा  आज गरिएको परीक्षणमा दाङकातीन जनालाई पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button