भारतबाट घर फर्किएका व्यक्तिहरूलाई नगरपालिकाको सभाकक्षमा राखिएपछि कर्मचारी आन्दोलित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतबाट घर फर्किएका व्यक्तिहरूलाई कार्यालयको सभाकक्षमा राखेपछि कर्मचारीहरू आन्दोलित भएका छन् ।
गए राति भारतबाट घर फर्किएका ११ जना स्थानीय नागरिकलाई नगरपालिकाको सभाकक्षमा राखिएको थियो । स्वास्थ्य परीक्षण नगरीकनै कार्यालयको सभाकक्षमा राखिएपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसन सिंह थापाले भारतबाट फर्किएका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण नगरी सिधै सभाकक्षमा राखिएकोले समस्या उत्पन्न भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्