तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री गुरुङ बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा

दोलखा । विहिवार रातिको अविरल बर्षाले क्षति पुगेको दोलखा गौरीशङ्कर गाँउपालिकाको खारे, गुरुम्फि, बरु, बुथु लगायत क्षेत्रको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले स्थलगत निरीक्षण गर्नु भएको छ ।

अविरल बर्षा पछिको बाढी र पहिरोमा परी गौरीशङ्कर गाँउपालिका वडा नम्बर ८ खारे टुनिटारमा एक जनाको मृत्यु भएको थियो भने टुनिटार, बरु, बुथु, गुरुम्फि लगायतका ठाँउमा दुई दर्जन घर पूर्ण क्षति भएका छन् भने दजनौ घरमा क्षति पुगेका छन् । स्थलगत निरीक्षणको क्रममा मन्त्री गुरुङले पहिरो पीडितकोलाई सरकारले सहयोग गर्ने बताउनु भयो । उहाँले बर्षातको समयमा जोखिम ठाँउमा नबस्न अनुरोध गर्दै सुरक्षित ठाँउमा बस्ने व्यवस्थाको लागि स्थानीय प्रशासन र गाँउपालिकालाई निर्देशन समेत दिनु भयो ।

गौरीशङ्कर गाँउपालिका वडा नम्बर ८ खारे टुनिटारमा माथिबाट खसेको पहिरोले लागेर ३० बर्षका सुरेश शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ घर भएका शिवाकोटी ग्रीलको काम गर्न खारे पुगेका थिए । पहिरोले लागेर अर्का मजदुर लोकश चौधरी घाईते भएको प्रहरीले जनाएको छ । मृतक शिवाकोटी घर भित्र पानी पस्न लागेपछि बाहिर निस्किएर पानी तर्काउन लाग्दा माथिबाट आएको ढुङ्गा सहितको बाढीले लागेको स्थानियले बताए ।

अविरल बर्षा पछि गौरीशङ्कर गाँउपालिका वडा नम्बर ६ बरुमा बाढी पस्दा चार घर पूर्ण रुपमा क्षति भएको र २० वटा भन्दा बढी घरमा पानी तथा माटो पसेर क्षति पुगेको गौरीशङ्कर गाँउपालिकाका अध्यक्ष स्वयमबहादुर खड्काले बताउनु भयो । त्यसैरी वडा नम्बर ६ कै बुथुमा २ घर पुर्ण रुपमा क्षति भएको र १० वटा भन्दा बढी घरमा पानी पसेर क्षति पुगेको अध्यक्ष खड्काले बताउनु भयो ।

बाढी तथा पहिरोकै कारण गुरुम्फिमा ५/६ घर पूर्ण क्षति भएको र अन्य २० वटा भन्दा बढी घरमा क्षति पुगेको तथा खारे टुनिटारमा पनि ७/८ घर पूर्ण क्षति भएको र केहि घरहरुमा क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तमाङले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button