तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रणका लागि घर घरमा पोष्टर

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नम्बर १ ओख्रेमा कोरोना महामारी नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम शुरु भएको छ ।

ओख्रे युवा क्लबको आयोजनामा कार्यक्रम शनिबार देखि शुरु भएको हो । कार्यक्रम अन्तरगत घरमा पोष्टर टाँस्ने, सरसफाई गर्ने, कोभिड १९ बाट बच्ने उपायबारे स्थानीय जनतालाई सचेत गराउने रहेको क्लबका अध्यक्ष विश्वास राईले बताउनु भयो ।

शनिबार खानी डाँडा देखि ओख्रे बजारसम्म १ सय ५० घरमा पोष्टर टाँस्नुका साथै सरसफाई गरिएको छ । अध्यक्ष राईका अनुसार आइतबार पनि अभियानको निरन्तरता अन्तरगत वडा नम्बर १ का ५ सय घरमा पोष्टर टाँसेर सरसफाई गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button