बैतडीमा जोर बिजोर प्रणाली लागु नहुने
बैतडी । बैतडीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु नहुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
गृह मन्त्रालयले दुई सय बढी कोरोना सङ्क्रमितका एक्टिभ केस रहेका जिल्लामा जोर बिजोर प्रणाली कार्यान्वयन हुने जनाएको थियो ।
बैतडीका भने १६ जना मात्रै एक्टिभ केस रहेकोले जोर बिजोर प्रणाली लागु नभएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा मात्रै दुई सयभन्दा बढी एक्टिभ कोरोना सङ्क्रमित रहेकोले कैलाली जानलाई मात्रै जोर बिजोर प्रणाली लागु हुने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जोर बिजोर प्रणाली लागु नभए पनि स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउनेलाई कारबाही हुने जनाइएको छ ।
यसका साथै बढी सङ्क्रमित एक्टिभ रहेको जिल्लामा राती हिँडडुल गर्न नपाइने भने पनि बैतडीमा भने त्यो कार्यान्वयन नहुने जनाइएको छ । बैतडीमा हाल तीन सय २० जनामा कोरोना पुष्टि भएकोमा तीन सय चार जना डिस्चार्ज भइसकेका छन् ।
लकडाउन खुलेपछि कोरोना सङ्क्रमणका जोखिम झन् बढेकोले गृह मन्त्रालयले दुई सय भन्दा बढी एक्टिभ केस भएका जिल्लामा जोर बिजोर र राती हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्