मास टेस्टिङको क्रममा ८०१ जनाको स्वाब संकलन
सुनसरी । धरान उपमहानगरपालिकामा समुदायमा कोरोना सङ्क्रमण फैलिएको छ की छैन भनेर रेनडोम टेस्टिङको क्रममा आज सम्म ८ सय १ जनाको स्वाबको नमुना लिइएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा गठित रेनडोम मास टेस्टिङले समुदायमा मास टेस्टिङ गर्ने जस अनुसार मङ्गलवार देखि सुरु गरिएको मास टेस्टिङमा अहिले सम्म ८ सय १ जनाको स्वाबको नमुना लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
समितिले ५ सय जनाको स्वाबको नमुना लिएर समुदायमा कोरोना फैलिएको हो की होइन भनेर पहिचान गर्ने भनेकोमा अहिले सम्म कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिएकाहरू सहित ८ सय १ जनाको समुदाय स्तरबाट स्वाब लिइएको हो ।
अझै रेनडोम मास टेस्टिङकै क्रममा भोलि धरान १५ मा थप स्वाब लिने प्रमुख मेहेताले बताए ।
मास टेस्टिङको क्रममा अहिले सम्म २ जनामा कोरोना पुष्टि भइसकेको छ भने बाँकीको रिपोर्ट आउन बाँकी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्