डडेल्धुरा अस्पताल शान्ति क्षेत्र घोषणा
डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरालाइ शान्त, सुरक्षित र उत्कृष्ट सेवा दिनको लागी यहाँका सरोकारावालाहरुले प्रतिबद्धता जनाएका छन ।
सुदूरपश्चिका पहाडी सात जिल्लाको केन्द्र बिन्दुमा रहेको अस्पतालले अस्पताल विकास समिति अध्यक्ष पाएपछि पहिलोपटक आयोजना गरिएको सर्वपक्षीय बैठकमा डडेल्धुराका सबै सरोकावालाहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर नै गरेका छन् ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले अस्पताललाई शान्त, सुरक्षित र उत्कृष्ट सेवा सहितको बनाउन सरोकारावालाहरु सबैको सहयोग र थप प्रभावकारी बनाउन आफूहरु लागि परेको भन्दै सबै क्षेत्रलाई आवश्यक सहयोग तथा समन्वय गर्ने अनुरोध समेत गरे ।
डडेल्धुरा अस्पतालको आयोजना अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको अध्यक्षता जिल्ला समन्वय प्रमुख गणेशराज भट्टको प्रमुख अतिथि, अमरगढि नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, राजनीतिक दलका प्रमुख, प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
सहभागी सबैले अस्पताललाई योजनावद्ध रुपमा अगाडि बढाउने ऐक्यवद्धता समेत जनाएका छन ।








प्रतिक्रिया राख्नुहोस्