राष्ट्रिय सभा समितिको सभापति चयन
काठमाडौँ– राष्ट्रियसभा, अन्तर्गतका चारवटा समितिहरुको सभापतिको लागि आज भएको निर्वाचनमा सबै समितिको सभापतिहरु निर्विरोध निर्वाचित हुनु भएको छ ।
निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा सांसद तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा सांसद पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसद दिल कुमारी रावल थापा (पार्वती) सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
निर्वाचनका लागि हिजो भएको मनोनयन दर्तामा सभापति पदका लागि उहाँहरुले मात्रै उम्मेदवारी दर्ता गराउनु भएको थियो । उहाँहरु यस अघि पनि उक्त समितिको सभापति हुनहुन्थ्यो ।
राष्ट्रिय सभा समिति सदस्य तथा सभापतिको कार्यावधि दुई वर्षमा सकिने व्यवस्था अनुसार निर्वाचन प्रक्रियाबाट राष्ट्रिय सभाको विषयगत समितिहरुको सभापतिहरुको पुनः चयन गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्